गृहपृष्ठ Featured पाल्पामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका-८ गौंडेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तानसेन नगरपालिका- ७ का २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए।

उनका अनुसार मंगलबार दिउँसो २ बजे बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाइकल गौंडेस्थित सिद्धार्थ राजमार्गबाट तल खस्दा उक्त दुर्घटना भएको हो।

‘मोटरसाइकल पछाडि सवार थापाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो,’ उनले भने, ‘मोटरसाइकल चालक ४३ वर्षीय इन्द्रबहादुर गाहा पनि घाइते भएका छन्। उनको उपचार भइरहेको छ।’

घाइते गाहाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार