गृहपृष्ठ Featured भोलि चौथो बुद्धभुमि महोत्सवको उद्घाटन पूर्वमन्त्री आचार्यले गर्ने

भोलि चौथो बुद्धभुमि महोत्सवको उद्घाटन पूर्वमन्त्री आचार्यले गर्ने

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको तयारीका सम्पूर्ण काम सकिएको र विहिबार उद्द्धद्धाटन गर्ने कार्यक्रम रहेको आयोजक बुद्धभुमि उद्योग वाणिज्य संघले जनाएको छ ।

चौथो बुद्धभुमि कृषि, व्यापरिक, साँस्कृतिक, पर्यटन तथा औद्योगिक प्रर्दशनी मेला मंसिर ६ देखि १७ गतेसम्म गोरुसिंगेमा हुदैंछ ।

महोत्सवको उद्घाटन पूर्वमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर १ लाख बढी दर्शक उतार्ने आयोजकको लक्ष्य छ ।

संघका अध्यक्ष शुभलाल भुसालले कृषि उपजका समानहरु विक्रि वितरण, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, समाजिक क्रियाक्रम अन्र्तगत मेला अवधिभर आँखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम महोत्सवमा बताए ।

मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने उनले बताए । महोत्सव स्थलमा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने उनले जानकारी दिए ।

महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान दिने उनको विश्वास छ ।

सम्बन्धित् समाचार