गृहपृष्ठ Featured गाउ ब्लक जग्गा पीडीतको लाल पुर्जाका लागि पहल

गाउ ब्लक जग्गा पीडीतको लाल पुर्जाका लागि पहल

वैखरी अनलाइन, कपिलवस्तु
बर्षौ देखि भोगचलन गर्दै आए पनि लालपुर्जा बिहीन बनेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा रहेका गाउ ब्लक मिन्हा डिई जग्गा पीडीतको लालपु्र्जा बनाउन वडाध्यक्ष जाहिद खाँले पहल थालेका छन । यस अघि नगरपालिको बोर्ड बैठक र सभाले समेत पारित गरे पनि हाल सम्म वडा नम्बर १ तौलिहवा बजार र त्यस आसपासका जग्गाधनीले हाल सम्म लालपुर्जा पाउन सकेका छैनन ।

वडाध्यक्ष खाँले पुर्व मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ सहीतको टोली तौलिहवा स्थित मालपोत कार्यालयमा पुगेर त्यसकालागि आवश्यक कदम चालेका हुन । गाउ ब्लक जग्गालाइ बाल बिटोरीकारुपमा नगरपालिकाले परिभाषित गर्दा समस्या आएको वडाध्यक्ष खाँले बताए । ‘ गाउब्लक पीडीतको जग्गाको लालपुर्जाकालागि ठोस पहल गर्छौ ’ उनले भने । फेरीबाट नगरपालिको बोर्डबाट पारित गरी नापी कार्यालय मार्फत नापी बिभागमा लालपुर्जाकालागि पहल थालिने उनले बताए ।

 

उनले आफनो बाकी रहेको ढाई बर्षे कार्यकाल मै गाउ ब्लक पीडीतलाई लालपुर्जा दिलाउने आफनो ध्यय रहेको बताए । उनले यसकालागि आफु भुमीसुधार मन्त्रालयमा डेलीगेशन समेत जाने बताए । लालपुर्जा नहुदा जग्गा धनीहरु धेरे समस्यामा परेका छन । सो अवसरमा सांसद आचार्यले तौलिहवा बजारका गाउ ब्लक पीडीतको लालपुर्जाकालागि आफुले भुमीसुधार मन्त्रालयमा ठोस पलह गर्ने बताए ।

 

अहिले जिल्ला कै बलराम अधिकारी भुमीसुधार मन्त्री भएकाले पनि यो समस्या समाधान गर्न सजिलो हुने उनले बताए । सो अवसरमा नापी अधिकृत जनक बहादुर भन्डारीले तौलिहवा बजारको जग्गा बाल बिटोरी नभै गाउ ब्लक रहेको बताए । उनले यो कुरालाई नगरपालिकाले संशाधन सहीत बार्डबाट निर्णय गरी पठाउनु पर्ने बताए । बिभागमा यस बारे आफुहरुले पत्राचार गर्ने उनले बताए ।

सम्बन्धित् समाचार