गृहपृष्ठ Featured सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाडौं ।

स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ । गत शुक्रबारको दाँजोमा दुवैको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ आइतबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।

शुक्रबार तोलाको १ हजार ८ सय ४५ रुपैयाँ थियो ।

सम्बन्धित् समाचार