कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा जारी चौथो बुद्धभूमि महोत्सव २ दिनका लागि थप गरिएको छ ।
“कृषि उद्योग, व्यापार, पर्यटन, सांस्कृति र स्वरोजगार, आत्मनिर्भर, शिपयुक्त, सवाल र समृद्द हाम्रो नगर” भन्ने मुलनाराका साथ संचालन भइरहेको महोत्सवमा दर्शकको उत्साहजनक भिड बढेपछि २ दिन थप गरिएको महोत्सवका संयोजक तथा उद्योग बाणिज्य संघ बुद्धभूमिका अध्यक्ष शुभलाल भुसालले जानकारी दिए ।
यस महोत्सवलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले समुद्घाटन गरेका थिए ।
महोत्सवमा बालउद्यान, विभिन्न घरायसी सामानका स्टलहरु , लत्ताकपडाका स्टलहरु, होटलका स्टलहरु , अटोमोबाइलसंग सम्बन्धित स्टलहरु, गरि १०० भन्दा बढी स्टल रहेको स्टल संयोजक धुर्व भुसालले बताए ।
मंसिर ६ गतेदेखि सुरु भएको यस महोत्सवको समापन मंसिर १९ भव्य रुपमा गर्ने आयोजकले तयारी गरेको छ ।
यसैबीच मंगलबार अर्थात आज चर्चित कलाकार प्रिती पासवानको आउने आयोजकले जनाएको छ । प्रितीसंगै ख्याती प्राप्त चचित गायक संजिव सिह राना, गायिका शिला गुरुङ्ग, डान्सर बबिता धिताल र सविता भुसालको प्रस्तुति रहने जनाईएको छ ।








