गृहपृष्ठ Featured १५औं कपिलवस्तु महोत्सव अवधिभर नि:शुल्क रुपमा नमस्तेको सिम वितरण गरिने

१५औं कपिलवस्तु महोत्सव अवधिभर नि:शुल्क रुपमा नमस्तेको सिम वितरण गरिने

वैखरी अनलाईन, बाणगंगा ।

१५ औँ कपिलवस्तु महोत्सव अवधिभर निशुल्क रुपमा सिम वितरण गरिने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु हुने महोत्सवमा आमदर्शकहरुको सहजताका लागि नमस्तेको सिम वितरण गर्ने व्यवस्था मिलाईएको बिद्युत, साउण्ड सिस्टम ब्यवस्थापन उपसमितिका संयोजक विकास न्यौपानेले वैखरीलाई जानकारी दिए ।

नेपाल टेलिकम तौलिहवा शाखासंगको आफ्सी समझदारी फोरजी सिम वितरण गर्न लागिएको उनले जानकारी दिए । शाखा प्रमुख साधुशरन चाहीसंगको छलफलपछि महोत्सव अवधिभर निशुल्क सिम वितरण गर्ने समझदारी बनेको संयोजक न्यौपानेले बताए । सिम लिनका लागि एकएकप्रति नागरिकताको फोटोकपी र फोटो आवश्यक पर्ने उनले बताए ।

महोत्सव स्थलमै मोबाईल टावर रहने जानकारी दिदैं उनले भने, ‘महोत्सवमा आउने दर्शकहरुले सहजै सिम पाउनुहुने छ । त्यसका लागि एकएकप्रति नागरिकताको फोटोकपी र फोटो भए हुन्छ ।’

कपिलवस्तु महोत्सव समग्र कपिलवस्तुवासीको लागि उत्सवका रुपमा स्थापित भईसकेको भन्दै उनले सबैलाई महोत्सव अवलोकन गर्न आह्वान समेत गरे ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

सम्बन्धित् समाचार