गृहपृष्ठ Featured लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौं ।

लुम्बिनी विकास बैंक लिमिटेडले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ४९०औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार १ सय ३७ को ७ प्रतिशतले हुन आउने २४ करोड ६२ लाख ६९ जहार ३ सय ८९ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिले चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने १४ करोड ७ लाख २५ हजार ३ सय ६५ रुपैयाँ बराबर नगद लाभांश र ३ प्रतिशतका दरले हुन आउने १० करोड ५५ लाख ४४ हजार २४ रुपैयाँ बराबर बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांशमा नगद लाभांश र बोनस सेयरमा लाग्ने कर संलग्न छ ।

सम्बन्धित् समाचार