गृहपृष्ठ Featured सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य

सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् ।

रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।

‘प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिनेछ’, उनले भने, ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ । तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ ।’

लुम्बिनी आउने पर्यटकलाई एक-अर्कासँग जोड्नेगरी बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा अघि सारिएको उनको भनाइ छ ।

सम्बन्धित् समाचार