चर्चित भारतीय क्रिकेटर विराट कोहली अष्ट्रेलियास्थित नेपाली रेष्टुरेन्टमा पुगेर खाजा खाएका छन्। क्रिसमसको अवसरमा बुधबार बिहान उनी परिवारसहित मेलबर्नस्थित क्याफे कोर्टमा पुगेका हुन्।
रेष्टुरेन्टको किचनमै पुगेर उनले नेपालीहरू कामदाररूसँग फोटो खिचाएका थिए। रेष्टुरेन्टकी सञ्चालक प्रकृति सिग्देलले विराट कोहली र अनुष्का शर्मा आउँदा आफु सुरुमा आत्तिएको जस्तो भएको बताएकी छिन्।
अष्ट्रेलियासँगको टेष्ट सिरिजका लागि विराट कोहली अष्ट्रेलियामा छन्। बिहीबारदेखि मेलबर्नमा सिरिजको चौथो टेष्ट सुरु भएको छ ।








