गुल्मी ।
गुल्मीमा स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर ७ सिस्नेखाेलामा लु १६ प १६४४ नम्बरको स्कुटर दुर्घटना हुँदा जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ झापक बस्ने ३० वर्षीय बिनोद बिक र साेही ठाउँकै ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेका दुई जनाकै प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीले मृत घाेषणा गरिसकेको छ । साँझ ४:५० बजेको समयमा मजुवा-रिडी सडकखण्डमा करिब २००/२५० मिटर तल सिस्नेखोलामा खसेको सूचना प्रहरीले पाएकाे थियो । चार जना प्रहरीकाे टाेली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा परेका दुवै जना बेहोस अवस्थामा थिए । पछि प्राथमिक स्वास्थ्य केन्द्र जाेहाङ खैरेनीले मृत घाेषणा गरेको थियो ।








