गृहपृष्ठ Featured रोमाञ्चक मोडमा अस्ट्रेलिया र भारतबीचको टेस्ट

रोमाञ्चक मोडमा अस्ट्रेलिया र भारतबीचको टेस्ट

काठमाडौँ  ।

अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट एक दिनको खेल बाँकी छँदा रोमाञ्चक मोडमा पुगेको छ । आइतबार चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले ९ विकेट गुमाएर २ सय २८ रन बनाएको छ र उसले समग्रमा ३ सय ३३ रनको अग्रता लिइसकेको छ ।

यस्तोमा घरेलु टिम भारतविरुद्ध चुनौतीपूर्ण तयार पार्न सफल भएको छ । दिनको खेल सकिँदा नथान लियोन ४१ र स्कट बोलान्ड १० रन बनाएर खेलिरहेका छन् । उनीहरूले अन्तिम विकेटका लागि ५५ रनको महत्त्वपूर्ण साझेदारी गरिसकेका छन् ।

अस्ट्रेलियाको दोस्रो इनिङ्समा मार्नस लबुसचेनले सर्वाधिक ७० रन बनाए । भारतीय बलरमध्ये जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले तीन विकेट लिएका छन् । अस्ट्रेलियाले एक समय ९१ रन बनाउँदासम्म ६ विकेट गुमाएको थियो ।

यसअघि बिहानको खेलमा भारत ३ सय ६९ रन बनाएर अलआउट भएको थियो । त्यसमा नितिशकुमार रेड्डी १ सय १४ रन बनाएर आउट भए । अस्ट्रेलियाले भने आफ्नो पहिलो इनिङ्समा ४ सय ७४ रन बनाएको थियो ।

सम्बन्धित् समाचार