गृहपृष्ठ Featured प्युठानमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

प्युठानमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

प्युठान ।

प्युठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।

टिकुरी बासपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ बासखोलाका अन्दाजी ७० बर्षिय रामचन्द्र शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ  ।

शाहको उपचारको क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको हो  ।

सम्बन्धित् समाचार