बुटवल ।
भिजिबिलिटीको समस्या समाधान गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायार्ड (आरएनपी-एआर) प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको छ ।
यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।








