देउखुरी ।
माघी पर्व नजिकिएसँगै यहाँका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।
माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारू समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।








