गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवि गाउपालिकाद्धारा ज्येष्ठ नागरिकलाई कम्मल प्रदान

कपिलवस्तुको मायादेवि गाउपालिकाद्धारा ज्येष्ठ नागरिकलाई कम्मल प्रदान

कपिलवस्तु १७ पुस 
तराईमा चलेको शीत लहरसंगै जाडो बढेपछि कपिलवस्तुको मायादेबी गाउपालिकामा ज्येष्ठ नागरिकलाई कम्मल बितरण सुरु गरिएको छ । मायादेबी गाउपालिकाका गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानको अगुवाईमा पालिकामा कम्मल बितरण कार्य अघि बढाइएको हो ।

 

यसै सन्दर्भमा गाउपाािलका वडा नम्बर ५ बलुहवामा ३ सय ७३ ज्येष्ठ नागरिकलाई कम्मल कम्मल बितरण गरिएको हो । प्रमुख मुसलमान नित्तिम प्रमुख प्रशाकीय अधिकृत रामकृष्ण तेली, वडाध्यक्ष राघवेन्द्र पाण्डेयले उनीहरुलाई कम्मल हस्तान्तरण गरेका थिए ।

 

सो अवसरमा प्रमुख मुसलमानले जोडो बढे पछि पालिकाको ८ वटै वडामा कम्मल बितरण कार्यलाई अघि बाढईने बताए । उनले ज्येष्ठ नागरिक, एकल महिला, दलीत, बिपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्मल बितरण गरिएको बताए । ‘ जाडोमा हामीले कम्मल बितरणलाई प्राथमिकताकासाथ अघि बढाइएका छौ ’ उनले भने ।

 

उनले जाडोबाट बच्न सावधानीका साथ हिडडुल गर्न पालिकाबासीलाई आग्रह समेत गरेका छन । सो अवसरमा वडाध्यक्ष पाण्डेयले आफनो वडामा बिगत २ बर्ष देखि जाडो यामममा ज्येष्ठ नागरिक, एकल महिला दलीत र बिपन्न परिवारलाई कम्मल बितरण कार्यालई अघि बाढइएको बताए ।

 

उनले आफनो वडाका ज्येष्ठ नागरिक र बिपन्न परिवारलाई प्राथकितामा राखी काम अघि बाढइएको बताए । उनले चिसोबाट बच्न ज्ेष्ठ नागरिकलाई कम्मल बितरण गरिएको बताए ।

 

सम्बन्धित् समाचार