शुक्रबार एनएमबि बैंक NMB Bank Limited को सम्पूर्ण विद्युतीय कारोबार बन्द हुने भएको छ । ओम डेभलपमेन्टसँग मर्जर भई बैंकले असोज ११ गतेदेखि एकिकृत कारोबार गर्ने तयारी गरेको छ ।
एकिकृत कारोबार सुरु गर्न बैंकले सफ्टवेयर इन्टिग्रेट गर्नु पर्ने भएकोले आफ्ना सम्पूर्ण विद्युतीय सेवा शुक्रबार बन्द हुने जनाएको हो। जस अनुसार शुक्रबार बैंकको सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एटिएम, पिओएस, रेमिटेन्स सेवा तथा बैंकको सम्पूर्ण विद्युतीय माध्यमबाट हुने कारोबार बन्द हुने भएको हो ।
बैंकले एक सुचना जारी गर्दै कारोबार बन्द हुने जानकारी गराएको छ











