गृहपृष्ठ Featured साउदीको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आक्रमण

साउदीको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्रमा आक्रमण

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको रास तनुरा तेल प्रशोधन केन्द्र र रियादको वित्तीय जिल्लामा आक्रमण गरिएको बताएका छन्।

बीबीसी फारसीका अनुसार हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रिफाइनरीमा आक्रमण भएपछि आगलागी भएको बताएका छन्।

उनले रियादको वित्तीय जिल्लालाई तीन चरणमा निसाना बनाइएको दाबी पनि गरेका छन्।

रस तनुरा तेल प्रशोधन केन्द्र साउदी अरेबियाको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्र हो र देशको प्रमुख कच्चा तेल निर्यात केन्द्रमध्ये एक हो।

यसअघि साउदी नेतृत्वको गठबन्धनले आफ्नो वायु रक्षा प्रणालीले साउदी अरेबियाको पूर्वी प्रान्तको रास तनुरा नजिकै चारवटा ड्रोनलाई रोकेर नष्ट गरिएको बताएको थियो।

यसैबिच समाचार एजेन्सी रोयटर्सले धुवाँको मुस्लोको उपग्रह तस्बिर जारी गरेको छ।

कालो धुवाँले ढाकिएको क्षेत्र लगभग ६०० वर्ग किलोमिटर (२३० वर्ग माइल) रहेको अनुमान गरिएको छ।

सम्बन्धित् समाचार