बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १ विरपुरमा रहेको शनिदेव मन्दिरमा नि:शुल्क चिना हेरिदैं छ ।
माघ २१ गतेबाट सुरु हुने नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ अन्तरगत यही माघ १७ गते नि:शुल्क चिना हेर्ने कार्यक्रम रहेको मन्दिरका परिकल्पनाकार तथा योगाचार्य बाबा योगीराजले बताए ।
लुम्बिनी प्रदेशका चर्चित ८ जना ज्योतष आउने भएकाले निशुल्क रुपमा चिना हेराउन उनले अपिल समेत गरेका छन् ।
यज्ञमा ९ वटै ग्रहको ग्रह शान्ति गरिने भन्दै यसकालागि ११ हजार एक सय ११ रुपैया शुल्क तोकिएको छ ।








