गृहपृष्ठ Featured महत्वपूर्ण विधेयकहरु अबको हिउँदे अधिवेशनमै पारित हुन्छन् : उपाध्यक्ष घिमिरे

महत्वपूर्ण विधेयकहरु अबको हिउँदे अधिवेशनमै पारित हुन्छन् : उपाध्यक्ष घिमिरे

कपिलवस्तु ।

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदमा विचाराधीन रहेका महत्वपूर्ण विधेयकहरु संसद्को हिउँदे अधिवेशनमा नै पारित हुने बताएका छिन् । उपाध्यक्ष घिमिरेले गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकास्थित नेपाल आर्दश माध्यामिक विद्यालयको स्वर्ण महोत्सब समारोहको उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।

‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका समितिहरुमा विचाराधिन महत्वपूर्ण विद्येयकहरु यही हिउँदे अधिबेशनमा पारित गर्नुपर्छ।’‚ उनले भनिन्, ‘कानूनको अभावमा सेवा प्रवाहमा पुगेको अवरोध यही हिउँदे अधिबेशनबाट अन्त्य हुन्छ भन्ने विश्वास लिएका छौ ।’

विद्येयकहरु बर्षौसम्म समितिमा अल्झेर बस्ने समस्या समाधानका लागि पहल भैरहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले सरकार पनि विद्येयक अधिवेशनलाई कानून निर्माणमा नै केन्द्रित रहेकोले यो अधिवेशन फलदायी बन्ने बताईन् ।

राष्ट्रिय सभाका समितिमा विचाराधिन सबै बिद्येयक संसदमा पेश हुने उनको भनाई छ ।

राष्ट्रिय सभामा समितिमा ६ महिना भन्दा लामो समय विद्येयक नराख्ने ब्यबस्था गरिसकेको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले प्रतिनिधि सभाले पनि समितिमा रहेका विद्येयकहरु टुंगोमा पुर्‍याउनका लागि छिट्टै नियमावली संशोधन मार्फत आवश्यक व्यवस्था गर्ने बताईन् ।

‘अब समितिमा नै बर्षौसम्म विद्येयक अल्झेर बस्ने समस्या अन्त्य हुन्छ’, उनले भनिन्, ‘यसका लागि संसदका दुवै सदनले आवश्यक ब्यबस्था गर्छन।’ विद्यालय शिक्षा विद्येयक पनि यही अधिवेशनबाट पारित गर्न आवश्यक रहेको उनले बताईन् ।

फरक प्रसंगमा बोल्दै उपाध्यक्ष घिमिरे अहिलेको व्यवस्थाका विरुद्धमा चौतर्फी आक्रमण भैरहेकोमा चिन्ता व्यक्त गर्दै गलत प्रवृति र कार्यशैली सुधारेर अहिले कै व्यवस्थालाई सृदृढ बनाउन आग्रह गरिन् ।

ब्यबस्था खराब नभएको तर कतिपय कार्यशैलीका कारण देखिएका समस्याहरु कार्यशैली सुधार गरेर हटाउन सकिने उनको भनाई छ ।

सामाजिक सञ्जालमा अहिले परिवारसंग बसेर हेर्न नसकिने सामग्रीको बाढी आउन थालेको भन्दै उनले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताईन् । उनले त्यसका लागि विद्यालय शिक्षा मार्फत नै मर्यादित बनाउनुपर्ने आवश्यकतामा जोड दिईन् ।

कपिलबस्तु गौतमबुद्धको जन्मभूमि भएकाले यहाँका सबै बिद्यालयहरुले विश्व शान्तिको सन्देश सहित बौद्ध दर्शनको शिक्षा अनिवार्य लागु गर्नुपर्ने उनले बताईन् ।

नेपालकै नमुना विद्यालयको रुपमा रहेको नेपाल आर्दश माध्यामिक विद्यालयमा ३ हजार ५ सय विद्यार्थीले पढ्दै आएका छन ।

सम्बन्धित् समाचार