कपिलवस्तु ।
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले मौलिक विविधताले नेपाली समाजलाई झनै सुसंस्कृत बनाएको बताएकी छिन् ।
सोनाम ल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले तामाङ जातिको यस पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताईन् ।
यस पर्वले सम्पूर्ण नेपाली समुदायहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै विविधताबीचको एकता प्रबर्द्धन गरी राष्ट्रियताको भावना मजबुत बन्ने उनको अपेक्षा छ ।
यस्तो छ शुभकामना पत्र









