गृहपृष्ठ Featured ‘एक घर, एक धारा अभियान’ ले खानेपानीमा पहुँच सुनिश्चित गरेको छ : मुख्यमन्त्री आचार्य

‘एक घर, एक धारा अभियान’ ले खानेपानीमा पहुँच सुनिश्चित गरेको छ : मुख्यमन्त्री आचार्य

देउखुरी ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् ।

भालुवाङमा आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् ।

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने– ‘आधारभूत पानी मात्रै होइन, स्वच्छ पानी पुर्याउने सरकारको सङ्कल्प छ ।’  लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् ।

सम्बन्धित् समाचार