काठमाडौैं ।
‘पुष्पा २’ सन् २०२४ मा भारतको धेरै कमाउने फिल्म हो । अल्लु अर्जुन स्टारर तेलुगु एक्सन–थ्रीलर डिसेम्बर ५ मा हलमा रिलिज भएको थियो । फिल्मले विश्वब्यापी १८०० करोड भारु कमाएको छ ।
सुकुमार निर्देशित फिल्म भारतीय फिल्म इतिहासमा सर्वकालिन धेरै कमाउने फिल्म हो । डिजिटल रिलिजको प्रतीक्षामा यो फिल्मलाई लिएर फ्यान उत्साहित थियो । नेटफ्ल्क्सिले यसको स्ट्रिमिङ अधिकार महंगो मूल्यमा खरिद गरेको थियो । विहिबारदेखि प्लाटफर्मले फिल्म रिलिज गरेको छ ।








