गृहपृष्ठ Featured वन्यजन्तुबाट मानविय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई लुम्बिनी प्रदेशको राहत

वन्यजन्तुबाट मानविय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई लुम्बिनी प्रदेशको राहत

नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीकी डेढ वर्षीय लक्ष्मी पुनको चितुवाको आक्रमणमा परेर गत भदौ ३० गते मृत्यु भएको सात महिनापछि उनको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

खजुरा गाउँपालिकाको पहलमा सो राहत रकम प्रदान गरिएको हो । गाउँपालिकाका पदाधिकारीहरूले मृतक परिवारलाई राहत हस्तान्तरण गर्दै पीडित परिवारलाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

खजुरामा मात्र नभइ बाँके जिल्लामा वन्यजन्तुबाट मानविय तथा पशुधनको क्षति भएका ३७ घरपरिवारहरूलाई क्षतिपूर्ति वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका १, बैजनाथका १ र कोहलपुर नगरपालिकाका २ गरी ३७ परिवारलाई क्षतिपूर्ति वितरण गरिएको हो ।

सम्बन्धित् समाचार