गृहपृष्ठ Featured ‘कमेडी नाइट विथ च्याम्पियन्स’ २० फागुनदेखि प्रसारणमा आउने

‘कमेडी नाइट विथ च्याम्पियन्स’ २० फागुनदेखि प्रसारणमा आउने

काठमाडौं ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ २० फागुनदेखि प्रसारणमा आउने भएको छ । विशाल भण्डारीले निर्देशन गर्ने शोमा ‘कमेडी च्याम्पियन’का विजेताको प्रस्तुति हुनेछ ।

शोकी अध्यक्षको रूपमा दीपाश्री निरौला हुनेछिन् । छायांकन १७ फागुनदेखि हुनेछ । शोमा सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामाको प्रस्तुति हुनेछ ।

निर्देशक भण्डारीले नयाँ नाम र संरचनासहित शो आउने तयारीमा रहेको जनाए । यसअघिको ‘कमेडी क्लब विथ च्याम्पियन’ नाममा परिवर्तन गरिएको हो । थ्री-प्रोडक्सनले निर्माण गर्न लागेको शोलाई निर्देशक भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेतले निर्माण गर्दैछन् ।

सम्बन्धित् समाचार