गृहपृष्ठ कपिलवस्तु बिशेष कृष्णनगरबाट स्रोत नखुलेको रकम र अवैध सामानसहित ३ जना पक्राउ

कृष्णनगरबाट स्रोत नखुलेको रकम र अवैध सामानसहित ३ जना पक्राउ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले नगदसहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्वर प्लेट भएको कारलाई रोकी चेकजाँच गर्ने क्रममा चलाकसहित ३ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कृष्णनगर नगरपालिका वडा नं २ लिङ्गेट स्थितमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

खानतलासी गर्दा अवैध रुपमा ल्याउदै गरेको स्रोत नखुलेको नेपाली तथा भारतीय मुद्राहरु र विभिन्न कम्पनीको मोवाईलहरु तथा ल्यापटप फेला पारी ३ जनालाई सवारी साधनसहित आवश्यक कारवाही लागी आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देही पठाईएको छ ।

सम्बन्धित् समाचार