गृहपृष्ठ Featured कमेडियन सजन श्रेष्ठले सुरक्षा माग गर्दै दिए साइबर ब्युरोमा उजुरी

कमेडियन सजन श्रेष्ठले सुरक्षा माग गर्दै दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं ।

आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका छन् ।

उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कार्वाही गर्न उनले माग गरेका छन् ।

फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको आरोप उनको छ ।

सम्बन्धित् समाचार