गृहपृष्ठ Featured नेकपा एमाले कृष्णनगरकाे पहिलो बैठक : कार्ययाेजनासहित जिम्मेवारी बाँडफाँड

नेकपा एमाले कृष्णनगरकाे पहिलो बैठक : कार्ययाेजनासहित जिम्मेवारी बाँडफाँड

विजयनगर, ११ फागुन ।

नेकपा एमाले कृष्णनगर नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । आइतबार बसेकाे बैठकले विभिन्न कार्ययोजना तयार गरेकाे छ । नगर कमिटीले वडा केन्द्रित अभियानको लागि जिम्मेवारीसमेत बाँडफाँड गरिएको नगर कमिटीका अध्यक्ष गोपाल प्यारे चंदेलले जानकारी दिए ।

नगर कमिटीले सचिवालय गठन, जनसंगठन समन्वय संयन्त्र गठन, वडा केन्द्रित अभियान सञ्चालन, पार्टी सदस्यता वितरण, सदस्यता नवीकरण, वडा कमिटी गठन पुनः गठन, जनसंगठन निर्माण लगायतकाे निर्णयहरु गरिएको जनाइएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सुशील श्रीवास्तवले वडा केन्द्रित अभियानमा सबैकाे सक्रियता आवश्यक रहेकाे बताएका छन् । उनले जिम्मेवारी प्राप्त गरेका अगुवा नेताहरुलाई निरन्तर लागेर अभियानलाई सफल बनाउन एमालेकाे विचार र धारणालाई आम नागरिक माझ लैजान आग्रह गरे । जनसंगठनहरुलाई चलायमान बनाउँदै घर-घरमा पुग्नुपर्नेमा उनलेे जाेड दिए ।

नेकपा एमालेका जिल्ला कमिटी सचिव चन्द्र बहादुर गहतराजले पार्टीकाे निर्देशन अनुसार पार्टीकाे हरेक गतिविधिमा लाग्नुपर्ने बताए । उनले पार्टीका नेता सक्रिय भए मात्र वडा केन्द्रित अभियानमार्फत पार्टीलाई बलियो बनाउन सक्ने बताए । उनले एमालेका भातृ संगठनलाई गठन र पुनः गठन गरि सक्रिय बनाउँदै पार्टी पंक्तिलाई अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी कमिटी सदस्य जगदीश कुमार गुप्ता, क्षेत्रीय कमिटी सह-संयाेजक बाबुराम सापकोटा, जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल, कृष्ण कुमार गुप्ता, कुनाल प्रताप शाह, मुक्तार मिर्जा बेग, भुमा घिमिरे, जिल्ला सल्लाहकार परिषद सदस्य मेहताब आलम खाँ, आर्थिक विभाग सदस्य रितेश शर्मा, सगिर अहमद खाँ, राजेश कुमार चौधरी, जावेद आलम खाँ लगायत नेताहरुकाे उपस्थिति थियोे ।

 

सम्बन्धित् समाचार