गृहपृष्ठ Featured न्यूजिल्याण्डको जितले भारत सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

न्यूजिल्याण्डको जितले भारत सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

आइसिसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगेका छन्।

समूह ‘ए’ मा न्युजिल्यान्डले सोमबार बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेसँगै सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लागेको हो।

यो समूहबाट लगातार दुई खेल हारेका आयोजक पाकिस्तान र बङ्गलादेश बाहिरिएका छन्।

अब भारतको सेमिफाइनल खेल दुबइमा हुनेछ भने न्यूजिल्याण्डको सेमिफाइनल खेल पाकिस्तानको लाहोरमा हुनेछ।

सोमबार बङ्गलादेशले दिएको २३७ रनको लक्ष्य न्यूजिल्यान्डले पाँच विकेटको क्षतिमा ४६.१ ओभरमा पूरा गर्यो। न्यूजिल्यान्डका लागि रचिन रविन्द्रले १२२ रन बनाए‌।

न्युजिल्यान्डले यसअघि पाकिस्तानलाई हराएको थियो। भारतले बङ्गलादेश र पाकिस्तानलाई हराएको थियो। भारत र न्युजिल्यान्डसँग पराजित भएका बङ्गलादेश र पाकिस्तानबीचको अन्तिम समूह खेल अब औपचारिकतामै सिमित हुने भएको छ।

यस्तै भारत र न्युजिल्याण्ड बीचको समूहको अन्तिम खेल्ने समूह विजेताको टुङ्गो लाग्नेछ।

सम्बन्धित् समाचार