कपिलवस्तु जिल्लाको महाराजगन्ज- २ गैडहवामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पती घाईते भएका छन् ।
मङ्गलबार दिउँसो करिब १२:३० जमुनी चोकमा पश्चिमदेखि पुर्वतिर गइरहेको लु ६० प ७९५२ नम्बरको मोटरसाइकललाई गाडिले पछाडीबाट ठक्कर दिएको थियो ।
बाणगंगा नगरपालिका- १० निवासी ५८ बषीृया बुधनी थारुनीको मुख , हातखुट्टा तथा शरीरमा र सर्जु चौधरीको हातसहित शरिरिमा चोट लागेको छ । थारुनीको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको छ ।
फरार गाडी तथा चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय महाराजगन्जका प्रहरी नायब निरीक्षक ओमकार पान्डेले जानकारी गराए ।








