गृहपृष्ठ Featured अमेरिकापछि बेलायतले पनि सहायता घटाउने, स्रोत खोज्न अर्थलाई दबाब

अमेरिकापछि बेलायतले पनि सहायता घटाउने, स्रोत खोज्न अर्थलाई दबाब

अमेरिकाले अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) अन्तर्गतका कार्यक्रमहरूमध्ये बजेटरी कार्यक्रमलाई स्थगित र गैर बजेटरी कार्यक्रमलाई क्रमशः रद्द गर्दै गएको छ।

युएसएआइडी अन्तर्गत ९१ अर्ब रूपैयाँ लागत बराबरका कार्यक्रमहरू रहेका थिए।

केही कार्यक्रम रद्द नै गरिएको छ भने केही कार्यक्रम ९० दिनको लागि स्थगित गरिएको छ।

जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रम डिजाइनको क्रममा रहेका थिए। अहिले यी कार्यक्रम पनि स्थगित भएका छन्।

कार्यक्रम स्थगित तथा रद्द गरिएपछि अब के गर्ने? कसरी अघि बढाउने भन्ने निचोडमा नेपाल सरकार तथा अर्थमन्त्रालयका अधिकारीहरू पुग्न सकेका छैनन्।

अन्य मुलुकहरू पनि सहायता घटाउने नीतितर्फ केन्द्रित भएपछि आगामी दिनमा सरकारले गर्ने खर्च जुटाउन थप चुनौती बढ्ने देखिएको छ। युरोपेली मुलुकहरू पनि सहायता घटाउने क्रममा छन्।

इयु र युरोपेली मुलुकहरूले सहायता घटाउने जनाउ विगतका वर्षहरूदेखि दिँदै आएका अर्थका अधिकारीहरू बताउँछन्। हालसालै बेलायतले अन्तर्राष्ट्रिय विकास सहायता घटाउने घोषणा गरेको छ। यसको प्रभावस्वरूप नेपालमा पनि सहायता घट्ने अनुमान गरिएको छ।

‘अहिलेसम्म कुनै निर्णयका विषयमा हामीलाई औपचारिक जानकारी त आएको छैन। तर उसले विकास सहायता नै घटाउने भनेपछि हाम्रो पनि अवश्य घट्न सक्छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘यद्यपि बेलायतबाट आउने सहायतामा बजेटरी भन्दा गैरबजेटरी स्रोत धेरै रहने गरेको छ।’

सम्बन्धित् समाचार