गृहपृष्ठ Featured चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

रुपन्देही ।

रुपन्देहीमा भएको तिलोत्तमा गोल्डकपको २३औं संस्करणको उपाधि चर्च ब्वाइज क्लब काठमाडौंले जितेको छ । शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टीम एपीएफलाई २-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि उचालेको हो ।

यो जितसँगै तिलोत्तमा गोल्डकपले नयाँ विजेता पाएको छ । यस सिजनमा बुढासुब्बा, झापा गोल्डकपलगायत मुख्य प्रतियोगिता जितिसकेको चर्च ब्वाइजले आफ्नो खातामा पाँचौं उपाधि उचालेको छ ।

खेलको पहिलो हाफको २०औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । चर्चका रिचर्ड विल्सनले सो गोल गरेका थिए । विल्सन राज भुसालको कर्नरलाई हेडिङमार्फत गोल गर्न सफल भएका थिए ।

पहिलो हाफ १-० मा सकिएकोमा दोस्रो हाफमा चर्चले गोल दोब्बर बनायो । दोस्रो हाफको १८औं मिनेटमा राज भुसालले गरेको गोल टीमलाई उपाधि जिताउन पर्याप्त भयो ।

विजेता चर्च ब्वाइजले उपाधिसहित नगद १२ लाख १२ हजार २२२ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पाएको छ ।

सम्बन्धित् समाचार