वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यलाई स्वागतसहित सम्मान गरेको छ।
संघको सभाहलमा आज आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित सांसद आचार्यलाई खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै सांसद आचार्यले आफू जनताका अपेक्षा र व्यवसायिक क्षेत्रका समस्या समाधानप्रति गम्भीर रहेको उल्लेख गरे। उनले भने, “उद्योगी–व्यवसायीहरुको समस्या समाधान बिना आर्थिक समृद्धि सम्भव छैन। यहाँ उठाइएका सबै विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
कार्यक्रममा संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कपिलवस्तु क्षेत्रका उद्योग, व्यापार तथा पूर्वाधारसँग सम्बन्धित २३ बुँदे समसामयिक विषय समेटिएको ज्ञापनपत्र सांसद आचार्यलाई हस्तान्तरण गरेका थिए।
अध्यक्ष क्षेत्रीले व्यवसायिक वातावरण सुधार, सडक तथा यातायात पूर्वाधार, विद्युत् आपूर्ति व्यवस्थापन, कर नीति सुधार लगायतका विषयमा तत्काल पहल आवश्यक रहेको बताए। उनले भने, “स्थानीय व्यवसायीहरुले भोगिरहेका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। अब यसमा जनप्रतिनिधिको सक्रिय सहयोग अपेक्षित छ।”
उक्त कार्यक्रममा संघका पूर्वअध्यक्ष, वर्तमान पदाधिकारी, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी व्यवसायीहरुले पनि क्षेत्रीय विकास, लगानीमैत्री वातावरण निर्माण र बजार व्यवस्थापनका विषयमा आफ्ना धारणा राखेका थिए।
कपिलवस्तु उद्योग बाणिज्य सघले सांसद मोहनलाल आचार्यलाई आवश्यक पहलकदमी लिनको लागि उठान गरिएका समसामयिक बिषयहरु:
१. बाणगंगामा एउटा ब्यवस्थित,आधुनिक औद्योगिक ग्राम संचालनमा ल्याउनु पर्ने ।
२.यस क्षेत्रमा व्यवसायिक स्मार्ट वसपार्क निर्माण तत्काल अगाडि बढाउनु पर्ने ।
३. विभिन्न पालीकाहरुको समन्वयमा ब्यवसायिक फोहर व्यस्थापन, तथा प्रशोधन केन्द्र
संचालनमा ल्याउनु पर्ने ।
४.श्रृंङ्गीघाट सिचाई जलासय युक्त प्रर्यटकिय क्षेत्र विकास गर्ने ।
५.शीप विकास ब्यवसायिकताको लागि यस क्षेत्रमा कृषि, वनविज्ञान,मेडिकल कलेज , वि.पी
मेमोरियल टेक्निकल कलेजको स्थापनामा बिशेषपहलगर्ने ।
६. कृषि उपज संकलन केन्द्र संचालन, प्रशोधन केन्द्रको रुपमा विस्तार ।
७. खुला सिमाना र अवैध आवात जावत र अवैधानिक गतिविधी निगरानी गर्न दर्ता
डिजिटल प्रणाली अनिवार्य गर्ने ।
८. प्रर्यटकिय सवारी साधनहरुलाई एक विन्दुवाट प्रमिट दिएपछी विभिन्न सडकमा हुने चेक
जाँच लाई सहज वनाउने आवश्यक गन्तव्य देखिने गरि स्टीकर वा क्युआर टाँस गरी
यात्रा सहज वनाउने ।
९. यस क्षेत्रमा रोजगारी , आर्थीक चलायमान शृजना गर्ने गरी ठुला उद्योगी तथा व्यवसायी
लाई आकर्षित गर्ने गरी वातावरण तयार पार्ने ।
१०. जग्गा विक्री गर्दा लाग्ने लाभ कर हटाउन पर्ने ।
११. वाणगंगा नदिको दोमिल्लामा बहुउद्देशिय जलाशय एव हाइड्रोपावर निर्माणको पहल ।
१२. धार्मिक, प्रर्यटन प्रर्वधनका लागि बाणगंगा नदि कोरिडोर बिकास गर्दैतिलौराकोट देखि
श्रृङ्गीघाट सम्मआध्यात्मीक पर्यटन बेल्टको योजना अगाडि बढाउन सकिने ।
१३.ड्राइभिङ लाइसेन्स ट्रायल सेन्टर सहित सेवा केन्द्र संचालन ।
१४.मुख्य बजार क्षेत्रहरुमा बिशेष सुरक्षा सहित रात्रिकालिन व्यवसाय संचालन ।
१५. प्रशिद्ध जगदिशपुर ताललाई बिस्तार गरि थपक्षेत्रमा सिचाई बिस्तार एवं जल प्रर्यटन
विकास गर्ने ।
१६. व्यवसायीहरुको सुरक्षा तथा उधारो नितीलाई छिटो तयार गरी कार्यन्वयनमा ल्याउनु
पर्ने ।
१७.राजस्व प्रशासनमा विशेष सुधारको पहल, दोहोरो कर प्रणलीहरु खारेज तथा
ब्यवसायिलाई करको त्रास भन्दा पनि सहजीकरणको अभ्यास गर्नु पर्ने ।
१८. क्रसिगं उद्योग, वासिगं प्लान्ट,इटा उद्योग तथा काष्ठ उद्योगहरु समेतको दर्ता,
संचालन, नविकरण खुलाई अब्यवहारिक मापदण्डको बारेमा तत्काल सहजीकरण तथा
उपयु्क्त नर्णिय लिनुपर्ने ।
१९. महिला उद्यम,युवा स्वरोजगार, परम्परागत शीप तथा ब्यवसायको संरक्षण,बिस्तार
तथा बजारीकरणमा बिशेष पहल लिनु पर्ने ।
२०. ब्यवशायिक खेलकुद विकास तथा पुर्वाधार बिकास र बिस्तारमा सहयोग गर्ने ।
२१. यस क्षेत्रमा रहेका बै.क, बित्तिय संस्था तथा सहकारीहरुलाई आर्थिक बिकासका सशक्त
साझेदारको रुपमा परिचालन गर्नु पर्ने ।
२२. जितपुरको विद्युत सेवा केन्द्रलाई विद्युत वितरण केन्द्रको रुपमा स्तरोन्नती गर्नु पर्नेर
नयाँ उद्योग तथा पुरानो उद्योलाइ थप गर्दा आवश्यक कागजपत्र बुझाएको दिन देखि
निश्चित दिन भित्र विद्युत जडान गर्नुपर्ने ।
२३. लागु औषध तथा दुब्र्यशनमा लागेका युवाहरुको लागि ब्यवसायिक शीप तथा
वैकल्पीक जीवनयापनका आधार सहितको पुनस्थापना केन्द्र संचालनमा पहल गर्ने ।







