गृहपृष्ठ कपिलवस्तु बिशेष न्युन आन्तरिक आयका बावजुद महाराजगंजमा उल्लेख्य प्रगति !

न्युन आन्तरिक आयका बावजुद महाराजगंजमा उल्लेख्य प्रगति !

कपिलवस्तु ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले न्युन आन्तरिक आयका बावजुद विकास निर्माणका काममा उल्लेख्य प्रगति हासिल गरेको नगर प्रमुख अब्दुल कलामले जिकीर गर्नुभएको छ । नगरप्रमुख कलामले जनसम्पर्क मार्फत नगरवासीहरूको जीवनस्तरमा सुधार ल्याउने विभिन्न योजनाहरू कार्यान्वयन गरेको बताउनुभयो । नगरका योजनाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको उहाँको भनाई छ ।

नगरपालिकाले खरको छानोमुक्त अभियालाई प्रभावकारी रुपमा संचालन गर्दै आएको बताउँदै उहाँले आर्थिक रुपले विपन्न घरपरिवारका लागि यो कार्यक्रम महत्वपूर्ण सावित भएको बताउनुभयो । यसले आगलागीको जोखिमलाई न्युनीकरण गरि त्यस्ता परिवारलाई सुरक्षित आवासको सुनिश्चितता गरेको उहाँले बताउनुभयो । यस कार्यक्रमलाई नगरले रहेक बर्ष निरन्तरता दिदैं जाने उहाँले बताउनुभयो ।

सिचाईको समस्या समाधान गर्न, नगरपालिकाले कृषकलाई बोरिङका उपकरण र सामाग्री वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

जसले स्थानीय कृषकहरूलाई राहातसंगै कृषि उत्पादनमा वृद्धि भएको उहाँको भनाई छ । यस कार्यले कृषि क्षेत्रमा सुधार ल्याउन र कृषि उत्पादनमा वृद्धि गर्न मद्दत पुर्याउने अपेक्षाको साथ नगरपालिकाले सामग्री वितरण गर्दै आएको नगर प्रमुख कलामले बताउनुभयो ।

नगरपालिकामा स्वास्थ्य सेवाको सुधार गर्दै, १५ शैया अस्पतालको निर्माण कार्य ९८ प्रतिशत पूरा भएको उहाँले बताउनुभयो । अस्पताल स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख कदम साबित हुने उहाँको विश्वास छ । जसले विशेष गरी दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने आपेक्षा लिईएको छ ।

नगर प्रमुख कलामका अनुसार नगरको योजना अन्तर्गत शिक्षा र खानेपानीको क्षेत्रमा पनि सुधार ल्याइएको छ। नयाँ विद्यालयहरूको निर्माण र प्राथमिक स्वास्थ्य केन्द्रहरूको सुधारसँगै, नगरपालिकाले सार्वजनिक पानी आपूर्ति प्रणालीमा पनि सुधार गर्ने कार्यलाई प्राथमिकता दिएको छ।
नगरले शिक्षा क्षेत्रलाई महत्वमा राख्दै आएको छ । स्वयंसेवक शिक्षकको व्यवस्थापन गरि शिक्षालाई सबल बनाउन भुमिका खेलेको छ ।

झिन्ना माबि बनगाई, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गैडहवा, भद्र माबि पडरिया, पियुषराज आधारभुत बिद्यालय बरगदीमा १२ कोठे भवनको निर्माण सम्पन्न भएको छ । त्यसै गरि शिवप्रताव सरस्वती मा बि भलवारी, राष्ट्रिय माबि कजरहवामा कोठे भवन तथा वडा नम्बर १० को जनता माबि हर्दौनामा २ कोठे भवन निर्माण सम्पन्न भएको जानकारी दिनु भयो ।

नगरको अधिकांश बस्तीहरूलाई सडक संजालबाट जोडिएको छ, जसले यातायात र आवागमनमा सजिलो बनाएको छ। यसले नगरको समग्र विकास र जनताको जीवनस्तरमा सुधार ल्याएको स्थानीय बासिन्दाको भनाई रहेको छ । नगरले यसै बर्ष हुलाकी सडक देखी इट्रोल सम्मा सडक स्तरोन्नती कालोपात्रे ,वडा नं ९ शिवभारी बार्डर सडक देखी मुजहना अल्गी हर्दौना सडक स्तरोन्नती, शान्तीनगर जितपुर दक्षिण कन्चनिया पुल हुदै हुलाकी सम्म सडक कालोपात्रे, औराहवा देखी बलरमवापुर तकदीरपुर सडक कालोपात्रे योजना सम्पन्ना भएको छ ।

वडा नं ५ स्वास्थ्य कार्यालय देखी दुदुरा हुदै हुलाकी फिडर सडक सम्म सडक स्तरोन्नती कालोपात्रे, सोनबर्षा मुलसडक देखी कठौतिया सम्म सडक स्तरोन्नती लगायतको योजनाहरु ठेक्का सम्झौता भई निर्माणाधीन रहेको जानकारी दिनु भयो । यी सबै कार्यहरूको मुख्य उद्देश्य नगरवासीहरूको जीवनस्तरमा सुधार ल्याउनु हो। आगामी दिनहरूमा बाँकी रहेका कार्यहरू पनि पूर्ण गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘हामी सबै मिलेर नगरको समग्र विकासमा निरन्तर काम गर्नेछौ’

यो सबै योजनाले महाराजगञ्ज नगरपालिका एक समृद्ध र सुरक्षित क्षेत्र बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको उहाँले बताउनु भयो ।

सम्बन्धित् समाचार