गृहपृष्ठ Featured रेफ्रीमाथि जाइलागेका थापालाई सिजनभर प्रतिबन्ध

रेफ्रीमाथि जाइलागेका थापालाई सिजनभर प्रतिबन्ध

काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल)को टोली पोखरा थन्डर्सका अफिसियल सुन्दर थापा प्रतिबन्धमा परेका छन् । उनलाई आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले सिजनभरका निम्ति प्रतिबन्ध लगाएको हो ।

बुधबार ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीसँग झगडा गरेको कारण उनलाई प्रतिबन्ध लगाइएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ८०औँ मिनेटमा समीर तामाङको क्रसमा नवयुग श्रेष्ठको प्रहार ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाएका थिए । यसक्रममा बलले गोललाइन क्रस गरेको दाबी पोखराका खेलाडीको थियो । तर, रेफ्री नवीन्द्र महर्जन र सहायक रेफ्री किशनकन्हैया यादवले गोल नदिएपछि पोखराका खेलाडी र प्रशिक्षक सुमन श्रेष्ठले टचलाइन छाडेर सहायक रेफ्री यादवसँग विवाद गरेका थिए ।

विवाद लम्बिदै गएपछि दर्शकदीर्घामा रहेका अफिसियल थापाले मैदान पसेर रेफ्रीमाथि हातपातको प्रयास गरेका थिए । आयोजकले पोखरालाई थापाको एक्रिडेसन कार्डसमेत चाँडै फिर्ता गर्न अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार