गृहपृष्ठ Featured अफगानिस्तानसँग नेपाल एक रनले पराजित

अफगानिस्तानसँग नेपाल एक रनले पराजित

काठमाडौँ ।

नेपाल यू–१९ निकै रोमाञ्चक दोस्रो युथ एकदिवसीय क्रिकेटमा आइतबार अफगानिस्तान यू–१९ सँग १ रनले पराजित भएको छ ।

अर्को साता सुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको क्रममा रहेका यी दुई टोली बीचको खेलमा यस विजयसँगैं अफगानिस्तानले ३ खेलको शृंखलामा अविजित २–० को अग्रता लिएको छ ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान मूलपानी क्रिकेट मैदानमा निर्धारित ५० ओभर खेलि १ सय ६८ रनमा अलआउट भएको थियो । जबाफमा आएको नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन बनाउने अवस्था बनेको थियो र नेपालसँग १ विकेट मात्र बाँकी थियो ।

ध्रुव सोनार खेलको अन्तिम ओभरको पहिलो र तेस्रो बलमा चौका प्रहार गरेपछि नेपाल यू–१९ लाई अन्तिम ३ बलमा जितका लागि ३ रन चाहिन्थ्यो । महबुब खानले चौथो बलमा ध्रुवलाई बोल्ड गरिदिए । तर त्यो नो बल रहेको थियो । बोल्ड गरेपछि आउट भएको सम्झेर अगाडि बढेको मौकामा ध्रुवलाई अफगानिस्तानका विकेटकिपर खालिद अहमदजाईले रनआउट गरिदिए ।

ध्रुव ३१ बल खेलि २१ रनमा आउट भए । ओपनर साहिल पटेलले नेपालबाट सर्वाधिक ६४ रन बनाए । उनले १ सय १९ बल खेलि ६ चौका प्रहार गरे । निरज यादव १५, नरेन भट्ट १३, सिब्रिन श्रेष्ठ २, दिलशाद अली ८, अभिषेक तिवारी २५ बल खेलि ४ चौका र १ छक्का प्रहार गरि २४, रोहन विश्वकर्मा ९, सन्तोष यादव ४ र अपराजित पौडेल ४ रनमा आउट भए ।

अफगानिस्तानका वाहिदुल्लाह जद्रान, जाइतुल्लाह साहिन र हफिज जद्रानले २–२ तथा रुहुल्लाह अरव, कप्तान महबुब खान र उजाइरउल्लाह निएजाईले १–१ विकेट लिए ।

सम्बन्धित् समाचार