गृहपृष्ठ Featured जनता मावि पिपराको एसइईमा सर्वोत्कृष्ट नतिजा, ९ जना बिद्यार्थीले ल्याए ४ जिपिए

जनता मावि पिपराको एसइईमा सर्वोत्कृष्ट नतिजा, ९ जना बिद्यार्थीले ल्याए ४ जिपिए

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा २ पिपरामा रहेको जनता माध्यमिक बिद्यालयले एसइई नतिजामा सर्वोत्कृष्ट नतिजा ल्याउदैँ नेपाल प्रथम भएको दावी गरेको छ । २०८१ सालमा भएको एसईईको नतिजा आज प्रकाशन भएको हो । जसमा जनता माध्यमिक बिद्यालय पिपराले एसइईको नतिजामा नेपाल प्रथम भएको दावी गरेको हो ।

जसमा जनता माध्यमिक बिद्यालयबाट एसइई परिक्षा दिएका मध्य यो समाचार तयार पार्दासम्म ९ जना बिद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको बिद्यालयका शिक्षक उज्ज्वल अधिकारीले वैखरी अनलाइनलाई जानकारी दिए ।

४ जिपिए ल्याउनेमा बिद्यालयका प्रविणा बस्याल, बिविका भुसाल, पृशिला थारु, प्रकृति बस्याल, अनुष्का खत्री, बिश्वास पौडेल, बिवेक खनाल,  दिक्षा पौडेल र प्रज्ज्वल अधिकारी रहेको बिद्यालयल जनाएको छ ।

सम्बन्धित् समाचार