गृहपृष्ठ Featured आफ्ना सांसदहरूलाई राजीनामाका लागि तयार रहन लामिछानेको आग्रह

आफ्ना सांसदहरूलाई राजीनामाका लागि तयार रहन लामिछानेको आग्रह

सहकारी प्रकरणमा नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चारबुँदे सन्देश जारी गर्दै आफ्ना सांसदहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

उनले सोमबार राति ४ बुँदे सन्देश जारी गर्दै भनेका छन्, ‘सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस्, २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस्। त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस्, आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस्, आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस्।’

सभापति लामिछानेले सरकारमा रहेकाहरूलाई शासन होइन, दण्डका भागेदारको रूपमा ब्याख्या गरेका छन्।
‘देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रूपमा उपस्थिति जनाएका थियौं। यिनले सुनेनन्, टेरेनन्  बरु  उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे। अझै पनि  क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु। यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्।

सम्बन्धित् समाचार