गृहपृष्ठ अन्तरास्ट्रिय खबर इजरायलको आक्रमणबाट गाजामा १५ जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा १५ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी (वफा)ले १५ जना मृतकमध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको उल्लेख गरेको छ।

त्यस्तै दक्षिणी गाजाको अल-मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ।

 

इजरायली सेनाले अल-मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल-सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ।

उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल-जायतुनमा रहेको अल-फलाह स्कुलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ। जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो।

सम्बन्धित् समाचार