काठमाडौँ — प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको प्रहरी स्रोतले कान्तिपुरलाई बताएको छ ।
पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
प्रहरी स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत बुधबार बिहान १० बजे नै भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए ।