गृहपृष्ठ अर्थ/वाणिज्य नेपाल एअरलाइन्सले काठमाण्डाै–ग्वाञ्जाओ उडान रद्द गर्‍याे

नेपाल एअरलाइन्सले काठमाण्डाै–ग्वाञ्जाओ उडान रद्द गर्‍याे

काठमाण्डाै  – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले काठमाण्डाै–ग्वाञ्जाओ उडान रद्द गरेको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले विज्ञप्तिमार्फत नियमित उडान तालिका बमोजिम यही अक्टोबर १९ तारिख अर्थात् आउँदो कात्तिक २ गतेको काठमाण्डाैबाट चीनको ग्वाञ्जाओ गर्ने भनिएको उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिनुभयो ।

 

यो उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।

 

सम्बन्धित् समाचार