काठमाण्डौ – आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ । त्यस्तै भाइटीकाको दिन भोलि पनि सबैजसो ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।