गृहपृष्ठ Featured जुवाखालबाट ९ लाखसहित २७ जना पक्राउ

जुवाखालबाट ९ लाखसहित २७ जना पक्राउ

४ कात्तिक, भक्तपुर ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले मंगलबार जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट ९ लाख २३ हजार ९६० नगदसहित २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार