गृहपृष्ठ खबर ‘सुशीला पाेख्रेल’ लाई नेशनल लाइफ इन्स्योरेन्सकाे उपहार, १२ कक्षासम्म लाभान्वित

‘सुशीला पाेख्रेल’ लाई नेशनल लाइफ इन्स्योरेन्सकाे उपहार, १२ कक्षासम्म लाभान्वित

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २ मंसिर ।

सुशीला पाेख्रेल अहिले कक्षा २ मा अध्ययनरत छात्रा हुन् । उनलाई कक्षा १२ सम्म अध्ययनका लागि एक इन्स्योरेन्स कम्पनीले छात्रवृत्ति दिँदै आएको छ । उनलेे गत साउन महिलादेखि नै छात्रवृत्ति पाउन थालेकी छन् । पाेख्रेलकाे नाममा रहेकाे बैँक खातामा इन्स्योरेन्स कम्पनीले छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएकाे छ ।

हाल उनी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ प्रेमनगरमा अवस्थित हरिबाेध माध्यमिक विद्यालयकाे कक्षा २ का अध्ययनरत छिन् । उनलाई इन्स्योरेन्स कम्पनीले गरिब तथा जेहेन्दार छात्रवृत्ति दिइरहेकाे विद्यालयका प्रधानाध्यापक बालजी कलवारले जानकारी दिए ।

छात्रा पाेख्रेललाई नेशनल लाइफ इन्स्योरेन्स शाखा कार्यालय चन्द्राैटाले छात्रवृत्तिकाे रुपमा मासिक १ हजार ५ सय रुपैयाँ सहयोग दिँदै आएकाे छ । उनलाई १२ कक्षासम्म अध्ययनका लागि निरन्तर साे रकम उपलब्ध गराइने नेशनल लाइफ इन्स्योरेन्स शाखा चन्द्राैटाका प्रमुख हरि ज्ञवालीले बताए ।

इन्स्योरेन्स शाखा चन्द्राैटाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति योजनामा सुशीला पाेख्रेल छनोट भएकी ज्ञवालीकाे भनाइ छ ।

इन्स्योरेन्स शाखाका प्रमुख ज्ञवालीले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालित यस छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको बताए ।

शिक्षा क्षेत्रको उत्थानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई पनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिकता दिँदै अघि बढिरहेको उनले जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्नी प्रसाद सापकोटाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गरिब विद्यार्थीकाे सहारा बनेकाे बताए । उनले कक्षा १२ सम्म पढ्न पाउनु उनकाे जीवनकाे सबै भन्दा ठुलो उपहार भएको जिकिर गर्दै इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गरे ।

यता हरिबाेध माध्यमिक विद्यालयका प्रधानाध्यापक बालजी कलवारले विद्यार्थी पाेख्रेलकाे छात्रवृत्तिकाे लागि विशेष पहल गर्ने इन्स्योरेन्स शाखाका प्रमुख हरि ज्ञवाली र शिक्षक राम किशोर बढईलाई एक कार्यक्रम बिच सम्मान गरेकाे छ । शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारीकाे उपस्थितिमा विद्यालय परिवारले दुबै जनालाई दाेसल्ला ओढाएर मायाकाे चिनाे सहित सम्मान गरेकाे जनाइएको छ ।

छात्रवृत्ति प्राप्तकर्ता सुशीला पाेख्रेलकी आमाले मिना पाेख्रेलले छाेरीले छात्रवृत्ति पाएपछि खुसी भएकी छिन् ।उनले आर्थिक रुपमा कमजोर भएकाे अवस्थामा शिक्षा जस्तो क्षेत्रमा छाेरीकाे पठनपाठनका लागि अतुलनीय भूमिका निर्वाह गरि सहयोग पुर्‍याएका सबैलाई धन्यवाद दिइन् ।

 

 

सम्बन्धित् समाचार