जलिय जैविक विविधताको प्रवर्दन, खाद्य तथा पोषण सुरक्षामा सम्वर्दन मूल नाराका साथ विश्व मत्स्य दिवश २०२५ का अवसरमा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र को अगुवाइमा रामघाटमा ७,५०० माछाका भुरा आज छाडिएको छ।
रहु नैनी सिल्भर ग्रास जाप काम माछा छाडिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य प्राकृतिक जलाशयमा जैविक विविधताको संरक्षण, त्यसको उचित ब्यवस्थान र समूचित सदुपयोग रहेको थियो।
कार्यक्रममा केन्द्रका निमित्त प्रमुख सुकइ प्रसाद थारु मत्स्य विकास अधिकृत महेन्द्र यादव मसिया अधिकृत माधव पौडेल मत्स्य सञ्जालका जिल्ला अध्यक्ष रामबहादुर सिंह लगायतको सहभागिता रहेको थियो।








