गृहपृष्ठ Featured आईतवार बाणगंगा नगरपालिकाका सामुदायिक विद्यालय बन्द हुने

आईतवार बाणगंगा नगरपालिकाका सामुदायिक विद्यालय बन्द हुने

वैखरी अनलाइन , मंसिर १४
बाणगंगा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय आईतवार बन्द हुने भएका छन । वाणगंगा ३ भक्तौलीमा रहेको गाैरी भवानी माविमा कार्यरत गणित शिक्षक प्रदीप कुमार कहारको निधन भएकोले शोक स्वरुप मंसिर १५ गते आइतबार एक दिनको लागि सामुदायिक विद्यालय बन्द हुने शिक्षक महासंघ वाणगंगाका नगर अध्यक्ष अर्जुन सहिले वैखरी अनलाइन लाई जानाकारि दिए ।

 

मायादेवी गाउँपालिका वडा नं. १ पकडी निवासी ४० बर्षीय कहारको उपचारको क्रममा भारतको गोरखपुरमा निधन भएको थियो । शुक्रबार सकुशल कक्षामा अध्यापन गराउनुभएका कहार कक्षामै अकस्मात पल्टिए पछि उपचारका लागि गोरखपुर लगिएको थियो । शिक्षक कहारको निधनको शोकमा महासंघले आइतबार शोकसभा गर्ने भएको छ । शोक सभामा उपस्थित हुन महासंघले नगरका सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित् समाचार