आफूलाई सामाजिक अभियान्ता भन्न रुचाउने युवराज सफल पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा तथ्यहीन सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले युवराज सफल भनेर चिनिने युवराज पौडेललाई नियन्त्रणमा लिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीको बारेमा तथ्यहीन सामग्री प्रशारित गरी गाली बेइजती गरेको जिल्ला प्रहरी पसिर काठमाडौंले जनाएको छ।
पौडेलले महान्यायाधिवक्ता भण्डारीको बारेमा ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडिओ र दिएका अन्तर्वार्तामा झुटा आरोप लगाएको’ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।
पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।








