गृहपृष्ठ Featured कालीकोट पुगेर एक शब्द बोलेनन् बालेन्द्र : घण्टीमात्र बजाएर फर्किए

कालीकोट पुगेर एक शब्द बोलेनन् बालेन्द्र : घण्टीमात्र बजाएर फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार कालीकोटको मान्म बजारको प्रतिमा चोक पुगेर घण्टी बजाउँदै फर्किएका छन् ।

कालीकोटको प्रतिमाचोकमा घन्टी बजाएर कर्णाली प्रदेशको भ्रमणमा निस्कँदा उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्मा सुइना ।”

उनको कर्णालीपछि दैलेख हुँदै सुर्खेतसम्मको भ्रमण गर्ने कार्यक्रम तय छ । उनी यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बझाङ, डोटी, बाजुरासम्म पुगेका थिए । बालेन आफैँ यसपालि प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उमेदवार छन् ।

सम्बन्धित् समाचार