कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा शनिबार अल हाजेमविरुद्ध ४–० को सहजत जित निकालेको छ ।
अल अवाल पार्कमा पाहुना टोली अल नासरलाई जित दिलाउन रोनाल्डोले २ तथा किंग्सले कोम्यान र एन्जेलो गाब्रियलले १–१ गोल गरे ।
खेलको १३औँ मिनेटमा रोनाल्डोको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । ३०औँ मिनेटमा कोम्यानले टोलीको अग्रता दोब्बर बनाए ।
गाब्रियलले ७७औँ मिनेटमा गोल गर्दा अल नासरको अग्रता ३–० मा पुग्यो । २ मिनेटपछि नै रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।
जितसँगै २२ खेलमा ५५ अंक जोडेकाे अल नासर शीर्ष स्थानमा उक्लिएको छ । यो अल हिलालको भन्दा १ अंक बढि हो । यता, पराजित अल हाजेम २२ खेलबाट २४ अंकका साथ १२औँ स्थानमा छ ।









