नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आइसीसीले सार्वजनिक गरेको वरियतामा पनि अलराउन्डर तर्फ चौथो स्थानमा यथावत रहेका छन्।
आईसीसीले बुधबार अध्यावधिक गरेको नयाँ वरियतामा दीपेन्द्रले आफ्नो स्थान यथावत राखेका हुन्।
आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि गत साता उनले वरियतामा सुधार गरेका थिए।
दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाउँदा २ विकेट लिएका थिए।
यसका कारण उनी छैटौंबाट चौथो नम्बरमा उक्लिएका थिए।
दीपेन्द्रको रेटिङ अंक २ सय ४४ पुगेको छ। यो अहिलेसम्मको उनको उच्च रेटिङ हो।
एकसातामा नेपालले कुनै खेल नखेलेपनि वरियतामा दिपेन्द्रको स्थान कायम रह्यो।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा उक्लिएका छन्।
उनी २९४ रेटिङ अंक प्राप्त गर्दै शीर्ष स्थानमा रहँदा पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा छन्।
उनको २८१ रेटिङ अंक रहेको छ।
त्यस्तै तेस्रो स्थानमा भारतका हार्दिक पान्ड्या कायमै रहँदा उनको २७२ अंक पाए।
चौंथोमा दिपेन्द्र र पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ रहन सफल भए।










