काठमाडौं । देशका विभिन्न स्थानमा मतगणना जारी छ । काठमाडौं क्षेत्र नम्बर १, ३, ४, १० मा मतगणना जारी छ ।
भक्तपुर १ र २ मा पनि मतगणना जारी छ । सुगम क्षेत्रका मतपेटिका संकलन भएसँगै मतगणना सुरु भएको हो ।
अधिकांश स्थानमा भने शुक्रबार बिहानबाट मतगणना सुरु हुने निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।








